Services

Image

संस्थाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको आ. व. २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम एक समारोहक बीच सम्पन्न भयो | बुद्धभूमि नगरपालिकाका मेयर श्री केशब श्रेष्ठले उद्घाटन गनु भएको यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री विष्णु पौडेलले गर्नु भएको थियो | पत्रकार महासंघका सदस्य तथा सामाजिक परीक्षक श्री अमृता अनमोलले सहजीकरण गर्नु भएको यस सामाजिक परिक्षण कार्यक्रममा संस्थाले कार्यक्रम संचालन गरेका पालिकाहरुका प्रतिनिधिहरुको साथै कार्यक्रमसँग आवद्ध महिला, पुरुष तथा यौनिक अल्पसख्यकहरुको उपस्थिति तथा सभागिता रहेको थियो l

कार्यक्रममा सामाजिक परीक्षकले संस्थाबाट संचालन भएका परियोजनाहरु सिमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना, प्रभावकारी पोखरी व्यवस्थापनको मध्यमबाट सिमान्तकृत समुदायको जीविकोपार्जन परियोजना र संस्थाले स्थानीय तथा प्रदेश सरकारहरुसंगको सहकार्यमा गरेका कार्यहरुले समाजमा परेको प्रभावको बारेमा स्थलगत अवलोकन, सम्बन्धित सरोकारवालाहरुसंग छलफल, संस्थाका सदस्य, पदाधिकारी तथा कर्मचारीहरुसंग अन्तरक्रिया गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो l उक्त प्रतिवेदनमा सहभागीहरुद्वारा टिप्पणी गरिएको थियो l

सो अवसरमा नगर प्रमुख श्री केशब श्रेष्ठले पोखरी व्यवस्थापनको कार्यबाट धेरै लाभ लिन सकेको र त्यसको सिकाई बाट अन्य स्थानहरुमा समेत पोखरी व्यवस्थान गर्न सहयोग पुगेको उल्लेख गर्नु भएको थियो l संस्थाले संचालन गरेका कार्यहरुमा नगरपालिकाले सहकार्य गरेको र आगामी दिनमा सहकार्य गर्दै जाने बताउनु भयो l

कार्यक्रम संस्थाकी सचिव पार्वती बन्जाडेको स्वागत मन्तब्य र व्यवसाय प्रवर्धन अधिकृत सुनिता खड्काको संचालनमा भएको थियो l

 

Image

Our Partners

Copyright 2021. All Rights Reserved | Design by: Verve Innovation